छैठौं सुनवल महोत्वस २०८३ को समुदघाटन
छैठौं सुनवल महोत्वस २०८३ को आज समुद्घाटन भएको छ । आयोजक उद्योग वाणिज्य संघ सुनवलवका अध्यक्ष रमेश कर्माचर्याको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य नरेन्द्र कुमार गुप्ताको प्रमुख आतिथ्यतामा समुदघाटन भएको हो ।
समुदघाटन कार्यक्रममा संघ अध्यक्ष रमेश कर्माचार्यले कर कार्यालय भैरहवामा हुदाँ भएका झन्झट, विद्युत तथा नेपाल टेलकमको सामान्य कार्यको लागी पनि परासी जानुपर्ने वाध्यता , खाद्य प्रविधि तथा गुस्तर नियन्त्रण कार्यलय स्थापना साथै नाप तौलको घुम्ति सेवाको पनि सुनवलमा अत्यावश्यक रहेको वताउनुभयो । त्यस्तै खुल्ला सिमानका कारणले व्यवसायिहरुमा मर्कामा परेको अवस्थालाई समेत व्यवस्थापन का लागी सरोकारवाला निकायहरुको ध्यानकर्षण गराउनुभएको थियो ।
त्यस्तै कार्यक्रममा प्रमुख अतिथि संघिय सांसद गुप्ताले विगतका दिनमा भएका केहि त्रुटीका कारणले दुख भोग्नु परेको वताउनुभयो । कुनै पनि मुलुकको वित्तिय मेरुदण्ड भनेकै निजि क्षेत्र भएको वताउनदै अर्थतन्त्र माठि उठ्न नसक्ने वताउनुभयो । राजश्वको ठुलो स्रोत भनेको निजि क्षेत्र नै भएको भन्दै राज्यले यसलाई स्वीकर गरेर प्राथमिकतामा राखेको वताउनुभयो । सांसद गुप्ताले महेशपुर महलपोखरी सडकखण्डको निर्माण र विस्तारको लागी चार खण्डमा विभाजन गरि ठेक्का प्रक्रियामा लगिने वताउनुभयो ।
त्यस्तै प्रदेश सभा सदस्य खड्ग वस्नेतले निजि क्षेत्रको विकास र सम्वद्धनको लागी आफुले सधै पहल गर्ने प्रतिवद्धता व्याक्त गर्नुभयो । उद्योग वाणिज्य संघ सुनवलले गरेको महोत्वस वाणिज्य संघको मात्रै नभई समग्र सुनवल वासी र देशकै पहिचान भएका वताउनुभयो । साथै महोत्वसलाई सफल वनाउन सवै संग आवहन गर्नुभयो ।
त्यस्तै कार्यक्रममा प्रदेश सभा सदस्य वैजनाथ जैसवाल, उद्योग वाणिज्य महासंघ केन्द्रिय सदस्य केशव भण्डारी, सुनवल नगर प्रवक्ता कृष्ण प्रसाद वगाले, नेपाली कम्न्युष्ट पाटिका संयोजक महोक कार्की, वर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने, प्याब्सन लुम्विनी प्रदेशका वरिष्ठ उपाध्यक्ष धनराज चापागाईले शुभकामना मनत्ब्य व्याक्त गर्नुभएको थियो ।
उद्योग वाणिज्य संघ सुनवलका महासचिव तेजप्रसाद भण्डारीको संचालनमा रहेको कार्यक्रमको समापन संघका उद्योग उपाध्यक्ष ईश्वरी भण्डारीले गर्नुभएको थियो ।
कृषि उद्योग व्यापार कला संस्कृति र पर्यटलाई प्रथमिकतामा राखेर संचालन गरिएको महोत्वस मंशिर १५ गते सम्म संचालनमा रहने उद्योग वाणिज्य संघ सुनवलले जनाएको छ ।






प्रतिकृया दिनुहोस