विभिन्न प्रतियोगितामा विजेता हुन सफल सुनवल युनाईटेड अंगे्रजी आवासीय मा.विका विद्यार्थीहरु विद्यालयमा सम्मानित


सुनवल–४, नवलपरासीमा अवस्थित विद्यालय सुनवल युनाईटेड अंगे्रजी आवासीय मा.वि ले आज जिल्ला स्तरीय एव प्रदेश स्तरीय विभिन्न प्रतियोगितामा विजेता विद्यार्थीहरुलाई एक कार्यव्रmम बिच सम्मान गरेको छ ।

विद्यालयका प्रिन्सिपल धनराज चापागाईको सभापतित्वमा भएको सम्मान कार्यव्रmममा सम्मानित हुने विद्यार्थीहरु, सम्बन्धित विद्यार्थीहरु अध्ययन गर्ने कक्षाका विद्यार्थीहरु, विद्यालयको इ.सि.ए टिम लगाएत अन्य शिक्षकहरुको समेत उपस्थिति रहेको थियो ।

मिति २०८३ असोज १ र २ गते गुल्मी जिल्लामा आयोजना भएको प्रदेश स्तरीय स्व्रmाबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल विद्यार्थी बिनिता वर्मा र मिति २०८३÷६÷११ गते प्याब्सन नवलपरासीको आयोजनामा भएको जिल्ला स्तरीय स्पेलिङ्ग बि मा प्रथम स्थान हासिल गर्ने विद्यार्थीहरु मान्भी न्यौपाने, मेरिसा ढकाल र एलेक्स पुनलाई प्रिन्सिपल धनराज चापागाईले टिका, खादा लगाएर सम्मान गर्दै विद्यार्थीहरुको अथक मिहिनेत,  प्रयास,  सम्बधित टिमको निगरानि र मार्गदर्शनले गर्दा सफलता प्राप्त भएको बताउनु भएको छ । य

स विद्यालयका विद्यार्थीहरुले पटक पटक थुपै्र अन्तराष्ट्रीय, राष्ट्रीय, प्रदेश, जिल्ला, नगरस्तरीय अतिरिक्त व्रिmयाकलापका प्रतियोगिताहरुमा सफलता प्राप्त गरेको बताइएको छ ।  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै
↑