सुनवल–१ मा समुदायमा आधारित रोग निगरानी प्रणालीसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
सुनवल नगरपालिका वडा नम्बर १ को वडा कार्यालयमा समुदायमा आधारित रोग निगरानी प्रणालीसम्बन्धी सरोकारवालाबीच अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
सुनवल नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मनबहादुर थापा मगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा वडा सदस्य प्रसुराम कँवर, योगी सदस्य बालकुमारी परियार, वडा सदस्य कृष्णबहादुर क्षेत्री, वडा सचिव निर्मला कोहार प्रजापति, सुनवल नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद न्यौपाने, चुरामणि नेपाल, टोल विकास संस्थाका अध्यक्षहरू, महिला समूहका अध्यक्षहरू, स्वास्थ्यकर्मी तथा धामी–लामालगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा समुदायमा आधारित रोग निगरानी प्रणाली, यसको आवश्यकता तथा समुदायस्तरमा रोगको निगरानीलाई प्रभावकारी बनाउने विषयमा अभिमुखीकरण गरिएको थियो। कार्यक्रमको सहजीकरण पीएचआरडीका सहजकर्ता विनोद पोखरेलले गर्नुभएका वडा अध्यक्ष मनबहादुर थापा मगरले जानकारी दिनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य सुनवल नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद न्यौपानेले दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन सहरी स्वास्थ्य शाखा प्रमुख यामकला न्यौपानेले गर्नुभएको थियो।






प्रतिकृया दिनुहोस